Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

गगनमाथि बस्नेत जाइलागेपछि सिवाकोटीको प्रश्न - वीपी कोइरालाले सुरु गरेको पार्टीको संस्कार यहि हो ?

गगनमाथि बस्नेत जाइलागेपछि सिवाकोटीको प्रश्न - वीपी कोइरालाले सुरु गरेको पार्टीको संस्कार यहि हो ?

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बुधबार सम्पन्न केन्द्रीय समिति बैठकमा मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाको नामै लिएर दिएको अभिव्यक्तिलाई 'हिंस्रक र अराजक' भन्दै त्यसलाई पार्टीको रेकर्डबाट हटाउन माग गरेका छन् ।

सिवाकोटीले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै बिहीबारको केन्द्रीय समितिको बैठकमा यस्तो माग गरेका हुन् ।

उनले भने, “ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामी पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौं ?”

उनले बस्नेतले बैठकमा प्रयोग गरेका “ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर्नु” जस्ता शब्दप्रति आपत्ति जनाउँदै, ती शब्द महामन्त्री गगन थापालाई लक्षित रहेर ज्यानप्राणको धम्की सरह रहेको आरोप लगाए।

सिवाकोटीले कांग्रेसको मूलधार र संस्कार विपरित हिंसात्मक प्रस्तुतिहरू भइरहेको भन्दै चिन्ता व्यक्त गरे। “वीपी कोइरालाले सुरु गरेको पार्टीको संस्कार यहि हो ?” भन्दै उनले सभापतिसमक्ष प्रश्न राखे।

सिवाकोटीले केही समयअघि सहकारी ठगी मुद्दामा मुछिएका रवि लामिछानेको अभिव्यक्तिसँग बस्नेतको शैली तुलना गर्दै भने, “लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यू किन ‘फाइल छ’ भन्दै घुर्काइरहनुभएको छ ?” यदि भ्रष्टाचारसम्बन्धी प्रमाण छन् भने सम्बन्धित निकायमा बुझाउन उनले आग्रह गरे।

उनले पार्टीभित्र सुशासनको वकालत गर्दै आरोपित व्यक्तिले कानुनी प्रक्रिया पुरा नभएसम्म पार्टी पदबाट अलग रहनुपर्ने धारणा राखे। “पार्टीलाई फोहोर नभएको चाहिएको छ, भ्रष्टाचारको आहालमा डुबेको होइन,” भन्दै उनले पार्टी शुद्धिकरणका पक्षमा कडा टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077