Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

शेयर बजार लगातार पाँचौ दिन पनि बढ्यो, साढे नौ अर्बको कारोबार

शेयर बजार लगातार पाँचौ दिन पनि बढ्यो, साढे नौ अर्बको कारोबार

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ ।

बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल फाइनान्स समुहको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । आज नौ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार नौ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077