Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सदन अवरोध कायमै राख्ने रास्वपाको निर्णय

सदन अवरोध कायमै राख्ने रास्वपाको निर्णय

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध कायमै राख्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको हो ।

त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौममाथि प्रहार भएको बैठकको ठहर रहेको छ ।

बैठकले कानुन बनाउने विधायकी स्वतन्त्रतामाथि आँच आउनेगरी भएको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन्देखा नगरी यस कार्यमा संलग्नमाथि छानबिन गरी दोषिमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077