काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय संगठन विभागमा तीन सदस्य थपिएका छन् ।
बिहीबार बसेको सचिवालय बैठकले संगठन विभागको सदस्यका लागि प्राप्त आवेदकमध्ये छनौट कार्यदलबाट सिफारिस भएका उनीहरूलाई विभागको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
मनोनीत हुनेमा चितवनका प्रमीला भुसाल, मानकुमार लामा र दाङका सुशील अधिकारी छन् ।
बैठकले पार्टीका सबै केन्द्रीय विभागलाई चलायमान बनाउने, विभागको रिक्त पदपूर्तिको लागि विभाग प्रमुखले पहल लिनुपर्ने, असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन साउन ७ गते भित्र पेस गर्न निर्देशन दिने, प्रदेशमा गठन गर्नु पर्ने विभाग असार मसान्तसम्म गठन गर्न केन्द्रीय विभाग प्रमुखले पहल लिनु पर्ने निर्णय गरेको छ ।