Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका मन्त्री चौधरी बर्खास्त

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका मन्त्री चौधरी बर्खास्त

बिहिवार , आषाढ १९, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।

पदबाट राजीनामा गर्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री चौधरीलाई पदमुक्त गरिएको हो ।

आफ्नो निर्देशन नमानेको भन्दै गत असार ३ गते राजीनामा मागेपनि नदिएपछि बिहीबार पदबाटै हटाइएको मुख्यमन्त्री शाहले स्पष्ट पारेका छन् । उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैंसँग राखेका छन्।

मुख्यमन्त्रीसँगको सम्बन्ध चिसिएपछि मन्त्री चौधरीले सार्वजनिकरुपमै सक्ने भए बर्खास्त गरेर देखाउन चुनौती दिँदै आएका थिए । चौधरी नागरिक उन्मुक्तिबाट मन्त्री भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077