Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की र रमेशराज अर्याल सञ्चालकमा नियुक्त

प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की र रमेशराज अर्याल सञ्चालकमा नियुक्त

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ नेतृत्व पाएको छ । बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले किशोरजंग कार्कीलाई नयाँ अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

कार्की यसअघि पब्लिक समूहको तर्फबाट सञ्चालकका रूपमा कार्यरत थिए । कार्की नेपाल सरकारको उच्च पदमा रहेर काम गरिसकेका व्यक्ति पनि हुन् ।

कार्कीले लोकसेवा आयोगको सदस्य तथा सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागको महानिर्देशकका रुपमा समेत काम गरिसकेका छन् । राष्ट्र सेवक कर्मचारीका रुपमा कार्यरत छँदा उनले विभिन्न पुरस्कार र प्रशंसापत्र पाएका थिए ।

ओखलढुंगामा जन्मिएका कार्कीले त्रिभूवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका हुन् ।

पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा सकिएपछि रिक्त रहेको पदमा कार्कीको चयनले बैंकको नेतृत्वमा ताजगी र रणनीतिक दृष्टिकोण ल्याउने विश्वास गरिएको छ ।

यस्तै स्वतन्त्र सञ्चालक समितिमा थप मजबुती ल्याउने उद्देश्यसहित बैंकले कुमारी बैंक तथा एनसिसी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याललाई नयाँ सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको छ । उनी शंकरदेव क्याम्पसका स्नातकोत्तर हुन् ।

लामो समयदेखि बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका स्वतन्त्र सञ्चालक अर्यालको अनुभव बैंकको दीर्घकालीन रणनीतिमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । प्रभु बैंकको सिईओमा भने अशोक शेरचन कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077