Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नेपाल एयरलाइन्स किन सँधै घाटामा भन्ने सांसदहरुको प्रश्नमा पर्यटनमन्त्री भन्छन्– सरकारी कर्मचारीहरू काम गर्नै चाहँदैनन्

नेपाल एयरलाइन्स किन सँधै घाटामा भन्ने सांसदहरुको प्रश्नमा पर्यटनमन्त्री भन्छन्– सरकारी कर्मचारीहरू काम गर्नै चाहँदैनन्

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरले सोधेको प्रश्नको जवाफ दिंदै उनले सरकारी र गैरसरकारी वा निजी कर्मचारीमा फरक भएको बताए ।

सांसदहरुले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए ।

उनले भने–‘सरकारी काम र गैरसकारी वा निजी काममा फरक छ । सरकारी काममा मान्छेहरू यसैपनि भनेजस्तो समर्पित भएर काम गर्दैनन् । तर कम भन्दा कम म्यानपावरले निजी क्षेत्रले त्यसलाई सदुपयोग गरेको देखिन्छ । यो सुशासनकै पाटो हो । सुशासनमा सुधार गर्नुपर्ने नै पाटो हो ।’

मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको स्पष्ट पारे ।

मन्त्री पाण्डेले भने–‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो । ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्नुपर्छ । ग्राउण्ड ह्याण्डलिङको काम गर्दा निकै ठूलो जनशक्ति चाहिन्छ ।

आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको बताउँदै मन्त्री पाण्डेले भने–‘कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077