Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

निजामती विधेयक गायब पार्न खोजिएको हो ? : सांसद भुसाल

निजामती विधेयक गायब पार्न खोजिएको हो ? : सांसद भुसाल

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भए पनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको बताएका हुन् ।

उनले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशङ्का थपिएको बताए ।

उनले विधेयकको प्रतिवेदन वितरण नगर्नुको कारण के हो ? भन्दै प्रश्न गरेका उनले भने–‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सङ्घीय निजामती सेवा विधेयक १८ असारमा यो सदनमा प्रस्तुत भएको थियो । तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन । यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रूपमा विवाद उठेको र शङ्का भएको यो अवस्थामा हामीलाई प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशङ्का जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शङ्का छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077