Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने बताए ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना सांसदहरू छन् । जसमध्ये नाउपाका ७ सांसदहरू छन् ।

वर्तमान सरकारलाई बहुमतका लागि २७ सांसदको आवश्यक पर्छ । तर कांग्रेसका १८ र सभामुखबाहेक एमालेका ११ जना सांसदहरू छन् ।

जसका कारणले नाउपाको समर्थन फिर्ताले वर्तमान सरकारलाई कुनै असर गर्दैन ।

नाउपाले संघीय सरकारलाई दिएको समर्थनको बारेमा पनि निर्णय गर्ने बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा नाउपाका एक राज्यमन्त्री छन्।

नाउपा सांसद अरूण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। उनी गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए।

प्रमुख सचेतक गंगाराम चौधरीले भने अहिलेसम्म संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा संसदीय दलले निर्णय नगरेको जानकारी दिए।

संघीय सरकारमा नाउपाका चार जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077