Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भ्रष्टाचारी भएको प्रमाण देखाए जुनसुकै बलिदान गर्न तयार छु : माधव नेपाल

भ्रष्टाचारी भएको प्रमाण देखाए जुनसुकै बलिदान गर्न तयार छु : माधव नेपाल

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको कुनै प्रमाण भए जुनसुकै बलिदान दिन तयार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको विद्यार्थी जिल्ला कमिटीको पाँचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लागेका आरोपहरू निराधार भएको दाबी गरे।

उनले भने–‘मेरा बारेमा नकारात्मक टिप्पणी गर्नेहरू छन्, तर मेरो स्पष्ट मान्यता छ – नबिराउनु, नडराउनु । यदि यो धर्तीको एक जना मान्छेले पनि म भ्रष्टाचारी भएको प्रमाण देखाओस्, म जुनसुकै बलिदान गर्न तयार छु।’

उनले अनुशासन, विधि र प्रक्रियाको पालना गर्दै सबैलाई समेटेर अघि बढ्ने आफ्नो धारणा दोहोर्‍याए।

अध्यक्ष नेपालले भने–‘म कहिल्यै अनुचित कुराको पक्षमा रहन्न, बदलाको भावना राख्दिन । व्यक्तिवाद र कुभलो सोच पराजित गर्दै अघि बढ्न जरुरी छ। जीवनमा चुनौती आइरहन्छन्, ती चुनौती सामना गर्ने साहस चाहिन्छ।’

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै अध्यक्ष माधव नेपालमाथि विशेष अदालतबाट ३५ लाख धरौटी माग गर्दै छाडिएको थियो । उनको सांसद पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077