Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पेरिसडाँडामा पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको भेला

पेरिसडाँडामा पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको भेला

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा माओवादी केन्द्रसहित पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल सुरू भएको छ।

शनिबार दिउँसो पाँच कम्युनिस्ट पार्टीका नेताहरू छलफलमा जुटेका हुन्।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, र नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्।

भेलामा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077