Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

युवाहरूलाई साथमा लिएर क्रान्तिका लक्ष्यतर्फ अघि बढ्छु : प्रचण्ड

युवाहरूलाई साथमा लिएर क्रान्तिका लक्ष्यतर्फ अघि बढ्छु : प्रचण्ड

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई साथमा लिएर क्रान्तिका लक्ष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले माओवादी क्रान्तिको इतिहासमा युवाहरू र संगीतको भूमिकालाई स्मरण गर्दै, भूमिगत अवस्थामा क्रान्तिको तयारीका क्रममा भाषण र सिद्धान्तभन्दा गीत र संगीतले जनतालाई उत्साहित गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

उनले आगामी निर्वाचनमा पनि संगीतले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, युवालाई केन्द्रमा राखेर पार्टीको संघर्षलाई अझ सशक्त बनाउने आशय व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077