Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

युवाहरुलाई गगन थापाले भने - कसैले देश बर्बाद भयो, झुर भयो भन्दा नपत्याउनुस्

युवाहरुलाई गगन थापाले भने - कसैले देश बर्बाद भयो, झुर भयो भन्दा नपत्याउनुस्

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आउने सूचना र हल्लाको भरमा धारणा नबनाउन विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

शनिबार तारकेश्वर नगरपालिका-११, नेपालटारमा आयोजित एसइई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले कुनै पनि कुरालाई जस्ताको तस्तै स्वीकार्नुको सट्टा प्रश्न गर्ने र आलोचनात्मक चेत विकास गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘कसैले फेसबुक, टिकटकमा एउटा कुरा भनिदियो भन्दैमा त्यसकै भरमा धारणा बनाउने काम यति छिटो गर्नु हुँदैन। एकछिन सम्हालिनुपर्छ, अडिनुपर्छ।’

उनले नेता, शिक्षक वा अभिभावक (बा) ले भनेकै भरमा कुनै कुरालाई अन्तिम सत्य नमान्न आग्रह गरे।

‘कसैले आएर यो देशमा खतरा भएको छ भन्यो भने पनि नपत्याउनुस्, र कसैले यो देश बर्बाद भयो, झुर भयो भन्यो भने पनि नपत्याउनुस्,’ थापाले भने, "दुवै गलत हुन्। सत्य यी दुईको बीचमा छ।’

उनले देशमा राम्रा कामको प्रशंसा र नराम्रा कामको आलोचना गर्ने बानी बसाल्न र बाँकी रहेको काम ‘म गर्छु’ भनेर जिम्मेवारी लिन युवा पुस्तालाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077