Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नागरिक उन्मुक्ति सरकारबाट आउट, राज्यमन्त्री चौधरीले आइतबार राजीनामा दिने

नागरिक उन्मुक्ति सरकारबाट आउट, राज्यमन्त्री चौधरीले आइतबार राजीनामा दिने

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने भएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए।

मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077