काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् ।
कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न ओली आइतबार बिहान हुम्ला जान लागेका हुन् ।
बिहान १० बजे प्रधानमन्त्रीले बेलिब्रिज उद्घटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम छ।
यो पुलको उद्घाटनसँगै २६ वर्षदेखि सडकको प्रतीक्षामा रहेको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने छ।