काठमाडौं । नेकपा एमाले सचिव रघुवीर महासेठले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागिरहेको दावी गरेका छन् ।
जनकपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसको नेतृत्व गरिरहेको पनि दावी गरे ।
वर्तमान सत्ता गठबन्धन तोड्न प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनको भनाई थियो ।
देशमा अहिलेको गठबन्धनको विकल्प नरहे पनि वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि रहेको उनको आरोप छ ।