काठमाडौं । नेकपा माओवादी सांसद एवम् पूर्व सञ्चारमन्त्री रेखा शर्माले शिक्षा समिति सभापतिको नियन्त्रणमा छ कि छैन भनेर प्रश्न गरेकी छन् ।
बैठक सुरु हुनेबित्तिकै स्थगितको प्रस्ताव गर्न नपाइने भन्दै उनले यसले कानून निर्माणमा प्रभाव पारिरहेको बताइन् ।
उनले भनिन्–‘हामी हाम्रो धारणा राख्न नपाउने ? प्रतिबन्ध लगाउन पार्इंदैन । हामीलाई किन दुःख दिन बोलाएको हो ? पारित गरेर बोलाउनुस् न है । समापतिको नियन्त्रणमा बैठक छ कि छैन ? अनौपचारिक बैठक समितिमा हुदैँन, कहाँ गर्ने हो गर्नुस् । आफ्नो काम छोडेर जिल्लाबाट आएका छौं । यस अघि पनि त्यसरी आएका थियौं । बैठक ठिक ढंगले चलाइयोस् । सरकारलाई चित्त बुझेन भनेर सरकारले फिर्ता लिन सक्छ ।’