काठमाडौं । नेकपा एमालेकी सांसद एवम् पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुले भनेजस्तै विधेयक आउनुपर्छ भन्ने नरहेको बताएकी छन् ।
आइतबार बसेको शिक्षा समितिको बैठकमा बोल्दै उनले भनिन्–‘जुन आज विद्यालय शिक्षा पारित हुने आशा गरिएको छ त्यसम तुषारापात नगरौं । हामीले खोजेको के हो ? शिक्षकलाई सम्मान गर्नुपर्छ र विधेयकले बोल्नुपर्छ तर शिक्षकले भनेको जस्तै हुनुपर्छ भन्ने छैन ।’
त्यस्तै, उनले बढुवामा जाने प्रणालीमा अपारदर्शिता भएको उल्लेख गर्दै त्यस्ता विषयलाई सम्बोधन गर्नुपर्ने बताइन् ।