महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा बन्न लागेका सुख्खा बन्दरगाह शिलान्याशको काम छिट्टै हुने बताएका छन् ।
आज सुख्खा बन्दरगाह निमार्ण स्थलको स्थलगत अवलोकन गर्दै उनले सुख्खा बन्दरगाहको शिलान्याश छिट्टै हुने बताएका हुन् ।
उनले भने–‘बन्दरगाह निमार्णका लागि ठेक्का स्वीकृत भइसकेको छ अब छिट्टै शिलान्याश हुन्छ । छिट्टै निमार्ण सुरु भएर तीन वर्षभित्र बनिसक्छ ।’
बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका—१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार पाँच सय ९३ रुख कटान सम्पन्न भइसकेको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
सोहि सम्झौता अनुसार दुबै तर्फबाट निमार्ण तयारी भइरहेको हो । भारतीय पक्षले बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा टेन्डर आह्वान गरेर निमार्ण कम्पनी छनौट गरिसकेको छ ।
बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।