Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

गृहमन्त्री लेखकद्वारा महाकालीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन

गृहमन्त्री लेखकद्वारा महाकालीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन

आइतवार , आषाढ २२, २०८२

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका—१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन गरेका छन् ।
आज बाँधको स्थलगत अवलोकन गर्दै उनले महाकाली नदी किनारका बस्ती जोगाउनका लागि सरकारले विषेश निर्णय गरेर मनसुन अघि नै बाँध निमार्ण सम्पन्न गरिसक्ने गरि नेपाली सेनालाई जिम्मा दिएको बताए ।

उनले भने–‘यहाँ बजेट अभावले बाँध निमार्णको काम रोकिदैन यहाँका बस्ती जोगाउनका लागि सरकारले चाहिने जति बजेट दिन्छ ।’
गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्ती तर्फ सोझिएको थियो ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती बाढीको जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृहमन्त्री लेखकले भने–‘बाढीले महाकाली नदीमा बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको गरेर सेनालाई जिम्मा दिएका हौ । सेनाले यहाँको बाढीको समस्या स्थानीय रुपमा निराकरण हुने गरि काम गरिरहेको छ ।’

नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर बाँध निर्माण कार्य अघि बढाएको बताउँदै उनले अवलोकनका क्रममा निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077