काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन अघि कार्यान्वयनको समीक्षा हुनुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता सिटौलाले कार्यान्वयनको समीक्षा गरेर मात्रै संविधान संशोधन हुनुपर्ने बताए ।
उनले भने–‘संविधान कार्यान्वयनको समीक्षा आवश्यक छ, यो हाम्रो प्रस्ताव नै जाओस् भन्ने मलाई लागेको छ, संविधान कार्यान्वयनको समीक्षाको विचार पार्टीले गर्नुपर्छ ।’
संविधान कार्यान्वयनबाट जनतालाई कति उपलब्धि भयो वा भएन ? भन्ने समीक्षा हुनुपर्ने सिटौलाको भनाइ छ । संविधान कार्यान्वयन हुन नसकेको भए कारण खोजिनु पर्ने उनको तर्क छ ।
राष्ट्रिय सभामा सत्ता पक्षको दुई तिहाइ नरहेको सुनाउँदै सिटौलाले पार्टी बैठकमा भने, ‘सहमतिका अरु पक्षलाई लिएर जान सक्यौं भनेदेखि संविधान संशोधन सहज बन्ला, तर त्यति सजिलो छैन, संविधान संशोधनको प्रस्तावलाई सजिलोसँग पारित हुने मैले देखेको छैन ।’