Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेलले गरे सैनिक संग्रहालयको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले गरे सैनिक संग्रहालयको अवलोकन

आइतवार , आषाढ २२, २०८२

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् ।

उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको सैनिक संग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए ।

सैनिक संग्राहलयमा संग्रहालय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077