Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्रीले बेलीब्रिज उद्घाटन गरेसँगै पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

प्रधानमन्त्रीले बेलीब्रिज उद्घाटन गरेसँगै पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

आइतवार , आषाढ २२, २०८२

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोर अन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिजको उद्घाटन गरेका छन् ।

यो पुलको उद्घाटनसँगै नेपालको सबैभन्दा विकट मानिने हिमाली जिल्ला हुम्ला पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिएको हो ।

खराब मौसमका कारण करिब चार घण्टा ढिलो हुम्ला पुगेका प्रधानमन्त्री ओलीले विशेष समारोहबीच पुल उद्घाटन गरे । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका उच्च अधिकृतहरू, जनप्रतिनिधि र स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति थियो ।

यसअघि बिहान कालिकोट क्षेत्रको मौसम प्रतिकूल भएका कारण प्रधानमन्त्रीको टोली सुर्खेतमा रोकिएको थियो । मौसममा सुधार आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टोली हुम्ला पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077