Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेस बैठकमा गोपालमानको प्रश्न - नेताहरूलाई गाडीमा चढाउने र पाल्ने मान्छे हुँ, तर आज बेवास्ता ?

कांग्रेस बैठकमा गोपालमानको प्रश्न - नेताहरूलाई गाडीमा चढाउने र पाल्ने मान्छे हुँ, तर आज बेवास्ता ?

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार तनावपूर्ण बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र नेता गोपालमान श्रेष्ठबीचको भनाभनले बैठकमा चर्किएको वातावरण सिर्जना भएको हो ।

श्रेष्ठले २०७४ सालको चुनावमा आफूलाई अन्तर्घात गरेर हराइयो भन्दै आरोप लगाए । त्यस क्रममा देउवाले गोपालमानलाई रोक्न खोजे तर गोपालमान रोकिएनन् । '७४ सालको चुनावमा बदमासी गर्नेलाई उन्मुक्ति दिइयो,' उनले भने, 'मैले जितेको चुनाव सूर्यमा भोट हालेर हराइयो। त्यो पनि तपाईं सभापति हुँदा।'

श्रेष्ठका अनुसार तनहुँमा गोविन्दराज जोशी र कैलालीमा पुष्करनाथ ओझालाई कारबाही भए पनि अरू ७५ जिल्लाका अन्तर्घातीलाई पार्टीले छाडेर हिँडेको आरोप उनले लगाए। “अरूलाई साढे छोड्दा झैँ छोड्नुभयो,” उनले भने ।

नेता श्रेष्ठले आफूलाई चुनावमा हराउनेहरूलाई पार्टीले पुरस्कृत गरेको गुनासो गर्दै भने, “मलाई हराउनेले माथि अवसर पाए, तर मचाहिँ हेला र बेवास्ताको सिकार भएँ।”

७९ सालको चुनावमा पनि आफू हार्ने आँकलन भएकाले उम्मेदवारी नदिएको र धनराज गुरूंगलाई स्थान दिएको जनाउँदै श्रेष्ठले समानुपातिक सिट घटेकोमा पार्टी नेतृत्वको बेपरवाहीप्रति असन्तुष्टि जनाए। “४० सिटबाट ३२ मा झर्‍यौं, अब २० मा झर्ने होरु” भन्दै उनले पार्टी रणनीतिमाथि प्रश्न उठाए।

साथै, श्रेष्ठले आफूलाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति देउवाले लत्याएको आरोपसमेत लगाए। “१४ औं महाधिवेशनमा तपाईंलाई समर्थन गर्‍यौं, १५ औंमा तपाईंले मलाई छाड्नुहुन्छ भन्नुभएको थियो। तर अहिले मलाई बेवास्ता गरिँदैछ,” उनले गुनासो गरे।

गोपालमानको आरोपलगत्तै बैठकको माहोल तनावपूर्ण बनेपछि सभापति देउवा केहीबेरका लागि बैठकस्थलबाट बाहिरिएको स्रोतले जनाएको छ। “नेताहरूलाई गाडीमा चढाउने, पाल्ने मान्छे गोपालमान हो, तर आज बेवास्ता ?” उनले प्रश्न गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077