काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय असार २४ गते पुनः बस्दैछ ।
आइतबार बसेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले पुनः बस्नेगरी स्थगित गरिएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको हो ।
अध्यक्ष नेपाललाई विशेष अदालतमा दायर भएको मुद्दा, संसदीय दलको नेताको विकल्प, पार्टी नेतृत्वबारे उठेका कानुनी एवं व्यावहारिक पक्षका बारेमा छलफल गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।