Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

फरार सूचीमा रहेका जसपा नेता यादवले भने–मधेश एक दिन नेपालबाट अलग हुनेछ

फरार सूचीमा रहेका जसपा नेता यादवले भने–मधेश एक दिन नेपालबाट अलग हुनेछ

सोमवार , आषाढ २३, २०८२

२३ असार, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् ।

सर्लाहीका तत्कालीन एसपी योगेन्द्र कुमार खड्कालाई टेलिफोनमा धम्की दिएपछि उनीकाथि पक्राउ पुर्जी जारी भएको छ । लगत्तै फरार भएका यादवले आफूलाई मर्नदेखि डर नभएको बताएका छन् ।

पूर्वसांसद समेत रहेका यादवले भिडियो सन्देश सार्वजनिक गर्दै सर्लाहीका एसपी र डीएसपीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।

भिडियोमा उनले भनेका छन्–‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’

‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन् ।

आफूले भारत र नेपालको निष्ठाको लडाइँ लडिरहेको बताउँदै उनले भनेका छन्–‘अशोक यादव, श्रीराम र माँ जानकी धरोहर हुन्, त्यसलाई बचाउनका लागि लडिरहेको छु । बिहारका छोरीहरु जसको नेपालमा बिहे हुन्छ, उनको र उनीहरुका बच्चाको नागरिकता बन्दैन, म त्यसको लडाइँ लडिरहेको छु । म सितामढीको एसपीसँग बिहारको पुलिस अधिकारी सबैसँग अनुरोध गर्दछु कि नेपालका एसपीले भनेको आधारमा कुनै पनि कदम नउठाउनु ।’

मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको भनेर आफूले पटक–पटक सोंचेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077