Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन गएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन खनाल आज त्यसतर्फ गएका हुन् ।

उनले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीनदिने भ्रमण गर्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

पूर्वप्रधानमन्त्री खनालले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, ‘डिजिटल’ प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमूना परियोजनाहरूको अवलोकन गर्नेछन्।

उनले सिपिसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

हेनानको कार्यक्रम सकेर नेता खनाल यही असार २५ गते चीनको राजधानी बेइजिङ पुग्नेछन् । बेइजिङमा उनले जुलाई १० मा दुईवटा महत्वपूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।

बेइजिङ बसाइका क्रममा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत अन्य शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।

नेता खनाल पाँच दिवसीय भ्रमण सम्पन्न गरी यही असार २७ गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077