Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको शिष्टाचार भेट

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।

उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।

मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए।

उनले नेपालको विकासमा स्वीस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077