Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीन लाख घुससहित मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष र व्यापारी पक्राउ

तीन लाख घुससहित मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष र व्यापारी पक्राउ

सोमवार , आषाढ २३, २०८२

रुपन्देही । मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादव र व्यापारी विपिन कुमार पाण्डेय घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वडा नं. ३ अन्तर्गतका विभिन्न योजना सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको थियो ।

वडा अध्यक्ष यादवले योजनाको रकम भुक्तानी सिफारिसका लागि ३ लाख रुपैयाँ माग गरेका थिए ।

सो घुस रकम सिद्धार्थनगर नगरपालिका–९ स्थित ‘श्री गणेश ट्रेडिङ’का संचालक पाण्डेयमार्फत लिन लागिएको अवस्थामा अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077