Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बुधवार , आषाढ २५, २०८२

बागलुङ । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

मंगलबार साँझदेखि परेको भारी वर्षाले पहिरो खस्दा करिडोर पूर्ण रूपमा बन्द भएको हो ।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन सकिएको छैन ।

पानी रोकिएपछि पहिरो पन्छाइने छ । केही स्थानमा सडक भासिएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077