Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

संसदमा रास्वपाको प्रश्न - मन्त्रीले घुस डिल गर्दा अडियोमा भनेका ‘बा’ को हुन् ?

संसदमा रास्वपाको प्रश्न - मन्त्रीले घुस डिल गर्दा अडियोमा भनेका ‘बा’ को हुन् ?

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ‘७८ लाख घुस’ प्रकरणको अडियोलाई लिएर संसद्‍मा प्रश्न उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का सदस्यहरुको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको हो ।

आइतबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर पार्टीका बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले भनिन्–‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरु मा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो ।’

एक मन्त्रीले अर्को मन्त्रीको नाम लिएको भन्दै उनले भनिन्–‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानून । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं । ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउँ हो ? अडियोमा ‘बा’ भनेको को हुन् ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077