Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मन्त्रीले ७८ लाख घुस डिल गरेको बारे सदनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : माओवादी केन्द्र

मन्त्रीले ७८ लाख घुस डिल गरेको बारे सदनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : माओवादी केन्द्र

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सदनमा सरकारको जवाफ मागेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।

शर्माले भनिन्–‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ? सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्‍मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’

यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग गरेकी उनले भनिन्–‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077