Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

घुस काण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

घुस काण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर यसबारे निर्णय लिने स्रोतको दावी छ । ओली यतिबेला गृह जिल्ला झापामा छन् ।

उनी आजै काठमाडौं फर्कने कार्यक्रम तय थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आइतबार अपराह्न ५:४० बजे झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं उड्ने कार्यक्रम थियो।

मन्त्री गुप्तालाई राजीनामा गराउने वा उनलाई बर्खास्त गर्ने भन्ने निर्णय भने भएको छेन । ओलीले आजै झापाबाट सिधै मन्त्री गुप्तालाई फोन गरेर अडियो काण्डबारे सोधपुछ गरेको समेत स्रोत बताउँछ ।

मन्त्री गुप्ताले एक अनलाइनसँग अन्तर्वार्ता दिंदै पार्टी बोलाए राजीनामा दिने बताइसकेका छन् ।

सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै तत्काल कुनै निर्णय नलिने सम्भावना छ ।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ुडिल गरेकोु भन्दै मन्त्री गुप्ताको अडिओ सार्वजनिक भएको थियो।

प्रधानमन्त्री ओलीले मन्त्री गुप्ताको जबाफ चित्तबुझ्दो नभए राजीनामा माग्ने, नदिए बर्खास्त गर्ने तयारी गरेको सचिवालय स्रोतको दाबी छ। गुप्ता नेकपा ९एमाले० का केन्द्रीय सदस्य र प्रतिनिधि सभा सांसद पनि हुन्।

स्रोतका अनुसार मन्त्री गुप्ताले घुसका लागि डिल गरेको दुईवटा अडियो बालुवाटार पुगेपछि ओलीले भोली नै उनलाई बर्खास्त गर्नसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077