Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एनआरएनए विवादपछि बद्री केसी समूहद्वारा महाधिवेशन घोषणा

एनआरएनए विवादपछि बद्री केसी समूहद्वारा महाधिवेशन घोषणा

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको लामो समयदेखि जारी नेतृत्व विवादबीच डा. बद्री केसी नेतृत्वको समूहले १२औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबरमा काठमाडौंमा गर्ने घोषणा गरेको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष डा. केसीले महाधिवेशनको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार हालसम्म १५ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अधिवेशन सम्पन्न भइसकेको छ भने निर्वाचन समिति, अनुगमन समिति र न्यायिक समिति समेत गठन गरि सकिएको छ ।

उनले सर्वोच्च अदालतले आफूहरूको कार्यसमितिलाई वैधानिकता दिएको दाबी गर्दै १२औं महाधिवेशन गर्न कुनै कानुनी अड्चन नरहेको स्पष्ट पारे।

संघका अनुसार हालसम्म ७२ हजार सदस्यता वितरण भइसकेको छ भने करिब ५ हजार सदस्य स्वीकृत हुन बाँकी रहेका छन् ।संघले परोपकारी तथा मानवीय सेवाका क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077