Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

आर्थिक सूचकांकहरु सकारात्मक देखिए, राष्ट्रिय आयोजनाहरुको कामले गति लियो : प्रधानमन्त्री ओली

आर्थिक सूचकांकहरु सकारात्मक देखिए, राष्ट्रिय आयोजनाहरुको कामले गति लियो : प्रधानमन्त्री ओली

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिएको दाबी गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एक वर्षमा विकासका राष्ट्रिय आयोजनाहरूको कामले समेत गति लिएको दाबी गरेका हुन् ।

यसअघि टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन नभए पनि अहिले त्यो शुरूआत भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएको र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढाएको उनले उल्लेख गरेका छन् ।

गर्नु पर्ने कामहरू अझै धेरै भएकाले सरकारको ध्यान त्यसैमा केन्द्रित रहेको उनको भनाइ छ । 'हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,' उनले लेखेका छन्, 'नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077