Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भिनाजुले गोली हानी गरे सालीको हत्या

भिनाजुले गोली हानी गरे सालीको हत्या

सोमवार , आषाढ ३०, २०८२

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मिया जटले गोली हानेका हुन् । प्रारम्भिक अनुसन्धानमा टाउकोमा नजिकैबाट गोली प्रहार गरिएको देखिएको छ।

घटनापछि आजात मिया भारततर्फ भागेको आशंका गरिएको छ । एसपी सुमनकुमार तिम्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजुले नै गोली प्रहार गरेको देखिएको छ ।

उनी तत्कालै भारततिर भागेपछि खोजी कार्य जारी रहेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077