Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमारलाई बालुवाटार बोलाइयो, पदबाट हटाउने तयारी

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमारलाई बालुवाटार बोलाइयो, पदबाट हटाउने तयारी

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई चर्चित घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली झापा भ्रमणबाट फर्किएलगत्तै गुप्तालाई भेटवार्ताका लागि बोलाइएको हो ।

गुप्ताको छ महिनाअघि भएको भनिएको घुस लेनदेनसम्बन्धी अडियो र दस्तावेज हालै सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।

पुस महिनामै घटेको भनिएको यो घटनाको अडियो केही दिनअघि बाहिरिएको हो, जसमा घुस बापत रकम र व्यक्ति चिनिने विवरण स्पष्ट रुपमा सुनिन्छ ।

विवादास्पद अडियो प्रकरणले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ। संसदीय बैंचमा गुप्ताको राजीनामाको माग उठिरहेको बेला प्रधानमन्त्री ओलीले पनि ‘कारबाही प्रक्रिया अघि बढाउने’ संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077