Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एमाले सांसद साहको आक्रोश : मन्त्री गुप्ता बर्खास्त गरियोस्, निष्पक्ष छानबिन होस्

एमाले सांसद साहको आक्रोश : मन्त्री गुप्ता बर्खास्त गरियोस्, निष्पक्ष छानबिन होस्

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताविरुद्ध सार्वजनिक भएको घुस प्रकरणको अडियो प्रकरणले संसदमा पनि चर्को बहस निम्त्याएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले सांसद किरणकुमार साहले उक्त प्रकरणबारे कडा आपत्ति जनाउँदै मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेका हुन् ।

“सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको छ,” सांसद साहले भने, “दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो।”

उनले सरकारको मौनताप्रति पनि गम्भीर आपत्ति जनाउँदै प्रश्न उठाए, “सरकार किन मौन छ ? यस्तो संवेदनशील विषयमा चुप लागेर बस्न मिल्छ ?”

सांसद साहले सदनमार्फत माग गर्दै भने, “गुप्ताज्युलाई तत्काल बर्खास्त गरियोस् र स्वतन्त्र तथा निष्पक्ष छानबिन प्रक्रिया अघि बढाइयोस्।”

हालै सार्वजनिक भएको अडियो क्लिपमा मन्त्री गुप्ता घुस लिनका लागि संवाद गरिरहेको आशंकासहितको सामग्री बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077