काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकमा बिचौलियासँग ७८ लाखको घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएको उल्लेख गर्दै सांसद साहले गुप्तालाई बर्खास्त गर्न माग गरेका हुन्। गुप्ता एमालेकै सांसद हुन् ।
साहले भने–‘दुनियाले सुनेको अडियो सरकारले नसुनेझैं गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत् माग गर्दछु– गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।’