Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सदनमा प्रचण्डको सम्बोधन : सर्वत्र भ्रष्टाचार, अराजकता र वेथिति

सदनमा प्रचण्डको सम्बोधन : सर्वत्र भ्रष्टाचार, अराजकता र वेथिति

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताए ।

प्रचण्डले लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौं ? भन्दै प्रश्न गरे ।

उनले भने–‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथितिले अघि बढेको देखिन्छ । गम्भीर समीक्षा नगर्ने हो भने निकै ठूलो विस्फोटतिर जाने अवस्था छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शिक्षा विधेयक लगायत अन्य विधेयकहरूमा भएका चलखेलमाथि अवाञ्छित चलखेलले नेपाली जनतालाई लज्जित बनाएको बताए ।

दुई ठूला दल मिलेर जे गरे पनि हुन्छ भने जसरी संसद्को हुर्मत लिनु दुर्भाग्य र खेदजनक रहेको प्रचण्डले बताए ।

प्रधानमन्त्रीले ‘खरानीको डल्लो नभएको र दुई तिहाइको सरकार हो हेक्का रहोस् ’ भनेर गरेको टिप्पणी एक वर्ष पुग्दा सरकार बिचौलियाको स्वार्थमा छ भन्ने कुरा पुष्टि भएको उनको दावी थियो ।

उनले भने–‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर सत्तारुढ दलकै नेता कार्यकर्ताले भनिरहनुभएको छ । सरकार सङ्ख्याको भरमा टिकेको त छ तर जनताको भरोसा समाप्त भएको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले वर्तमान सरकारको कामले कांग्रेस–एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना समेत गरे ।

अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै उनले सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने भन्ने गम्भीर प्रश्न उब्जिएको समेत बताए ।

प्रचण्डले भने–‘राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’

पचासौँ हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरू कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मिटर ब्याज पीडितको समस्या झन् जटिल बन्दै गएको उनको भनाई थियो ।

यो एक वर्षमा तपाईँले कसको विश्वास जित्नुभयो ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका उनले सरकारका गतिविधिबाट आम जनता मात्र नभई सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077