Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बिचौलियाको स्वार्थमा चलेको सरकारको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो : प्रचण्ड

बिचौलियाको स्वार्थमा चलेको सरकारको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो : प्रचण्ड

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने–‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाढा भनिरहँदा या पटक–पटकका संसद् विघटनका शृङ्खला हेर्दा प्रतिगमनकारीहरू सलबलाउँदा वा व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन आधार यसबीचमा देखिएन ।

सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओली नेतृत्वको सरकारले नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाए ।

धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण पेस गर्दै उक्त वर्तमान सरकारलाई बिचौलियाले प्रभावमा पारेको बताए ।

उनले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको आरोप पनि लगाए ।

उनले भने–‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।’

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले भने–‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077