Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वडाध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी १४ लाखभन्दा बढी भ्रष्टाचार, इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा

वडाध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी १४ लाखभन्दा बढी भ्रष्टाचार, इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि अनुदान रकम हिनामिनाको आरोपमा धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सोमबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा २०७७/७८ को आर्थिक वर्षमा सञ्चालन गरिएको ‘साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम’ अन्तर्गतको १४ लाख ७७ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरिएको ठहर गरिएको हो ।

मुद्दामा प्रमुख प्रतिवादीका रूपमा सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रञ्जितकुमार यादव छन् । उनीसँगै अख्तियारले मुद्दा दायर गरेका अन्यमा लेखापाल शिव कुमार झा, पशु सेवा शाखा प्रमुख राजकिशोर सल्हैता, वडा नं. ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजुकुमारी यादव, तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरकी पत्नी पलवी ठाकुर र छोरा रौनित ठाकुर छन्।

अख्तियारका अनुसार बाख्रा पालनको नाममा कुनै कार्य नगरी झुट्टा विल भरपाई, नक्कली कागजात तयार गरी अनुदान रकम हिनामिना गरिएको पाइएको छ। प्रारम्भिक उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा सो कार्यक्रमका लागि कुल १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

तर, सम्बन्धित पक्षले बोका, खसी, पाठी पालन नगरी १४ लाख ७७ हजार ५०० रुपैयाँ अनियमितता गरेको पाइएको हो।

अख्तियारले दायर गरेको मुद्दामा सातै जना प्रतिवादीसँग व्यक्तिगत रूपमा समान रूपमा १४ लाख ७७ हजार ५०० रुपैयाँ बिगो माग दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077