काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
सो समितिले ओझाले कामै नगरेको पदमा कार्य अनुभव रहेको भनी पेश गरेको प्रमाणपत्रबारे छानबिन गर्ने बताइएको छ ।
बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त हुँदैखेरि उनले पेश गरेको अनुभव प्रमाणपत्र झुटो रहेको आरोप लाग्दै आएको थियो ।
उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ओझाले पेस गरेको अनुभव र सिफारिस कागजत्रबारे छानबिन गरिरहेको छ।