काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टीको निर्णय पर्खिरहेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा भण्डारीले यस्तो बताएकी हुन ।
उनले आगामी विधान महाधिवेशनमा आफ्नो उपस्थिति केन्द्रीय कमिटीले तय गर्ने बताइन् ।
"विधान महाधिवेशनअघि केन्द्रीय कमिटीले के निर्णय गर्छ, त्यसमा भर पर्छ । मेरो उपस्थिति उहाँहरूले विधान महाधिवेशनमा कसरी गराउनुहुन्छ, उहाँहरूको कुरा हो । यो केन्द्रीय कमिटीले तय गर्छ । मलाई आमन्त्रित सदस्य राख्नुहुन्छ वा मनोनीत गर्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो," उनले भनिन् ।