अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोविन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिँदा मृत्यु भएको हो ।
उनीहरू रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएका थिए । तर निर्धारित समयमा घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।
स्थानीयवासीहरूको सहयोगमा गरिएको खोजतलासका क्रममा उनीहरू सुक्खा पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए ।
ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएको बताइएको छ ।