काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा ६ वटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले मंगलबार राति सार्वजनिक गरेको विवरणअनुसार संखुवासभा, रसुवा, वाग्लुङ, गुल्मी, रुकुम पश्चिम, डोल्पाका सडक अवरुद्ध भएको हो ।
संखुवासभामा कोसी राजमार्ग, रसुवामा नेपाल–चीन नाका जोड्ने पुल र पासाङल्हामु राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।
त्यस्तै, वाग्लुङ नगरपालिका–१०, दब्ल्याङ र गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लवामा पर्ने कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ ।
रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र डोल्पास्थित भेरी करिडोर, अवरुद्ध भएका हुन् ।