Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीको वेबसाइट सार्वजनिक

पूर्वराष्ट्रपति भण्डारीको वेबसाइट सार्वजनिक

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन् ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै भण्डारीले निजी वेबसाइट www.bidyabhandari.com.np सार्वजनिक गरेकी हुन् ।

वेबसाइटमा भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा जनाएको सहभागिता, विचार, अभिव्यक्तिहरू र तस्बिरसहितका स्मृतिहरू सङ्ग्रहित छन् ।

'यो वेबसाइट पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको हो,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077