एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निराश भए पनि सम्बन्ध पूर्ण रूपमा समाप्त नभएको बताएका छन् ।
बीबीसीसँगको विशेष टेलिफोन कुराकानीमा उनले यस्तो बताएका हुन् ।
“के तपाईं पुटिनमाथि विश्वास गर्नुहुन्छ ?” भन्ने प्रश्नमा ट्रम्पले भने, “म कसैमाथि पूर्ण रूपमा भरोसा गर्दिनँ ।”
यो अन्तर्वार्ता उनले युक्रेनलाई हतियार उपलब्ध गराउने योजना घोषणा गर्ने क्रममा भएको हो ।
साथै, ट्रम्पले ५० दिनभित्र युद्धविराम नभए रूसमाथि भारी ट्यारिफ लगाउने चेतावनी पनि दिएका छन् ।