Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नदीमा डुबेर दाजुभाइकै मृत्यु भएको भोलिपल्टै अर्का युवा पनि नहरमा डुबे

नदीमा डुबेर दाजुभाइकै मृत्यु भएको भोलिपल्टै अर्का युवा पनि नहरमा डुबे

शनिवार , श्रावण ३, २०८२

कैलाली । कैलालीको लम्की चुहानगरपालिका–६, बाघमारास्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार दैलेखको आठबिस नगरपालिका–२ का २२ वर्षीय प्रेम रसाइलीको मृत्यु भएको हो ।

रसाइली लम्कीचुहा–६, गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए । केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढेको छ ।

शुक्रबार गौरीगंगा नगरपालिकास्थित लिक्मा नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो । गौरीगंगा–११, ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश र २० वर्षीय प्रकाशको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077