Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकबाट तीन वर्षे कार्ययोजना स्वीकृत

नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकबाट तीन वर्षे कार्ययोजना स्वीकृत

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकले सीमा क्षेत्र (दशगजा) मा गर्नुपर्ने आवश्यक प्राविधिक कार्यहरुको तीन वर्षे कार्ययोजना स्वीकृत गरेको छ ।

भारतको नयाँ दिल्लीमा हिजो सम्पन्न बैठकले कार्ययोजना स्वीकृत गरेको हो । दुईपक्षीय बैठक हुन नसक्दा पछिल्लो ६ वर्षदेखि सीमा क्षेत्रमा गरिनुपर्ने प्राविधिक कार्यहरु रोकिएका थिए ।

बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए ।

बैठकले सन् २०१९ मा देहरादूनमा भएको छैटौं बैठकको नतिजाको कार्यान्वयनको समीक्षा पनि गरेको छ । बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको र दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आउँदो महिना नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077